सुनका गहना चोरी आरोपमा एक जना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका- १ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको हो ।

उनीबाट १३८ ग्रााम बराबरका सुनका गरगहना बरामद भएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...