
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–४ बाट अवैध लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
बुधबार बिहान पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय मिलन थापामगर र २० वर्षीय राजेश देउवा रहेका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मिलनको साथबाट २५ ग्राम गाँजा र राजेशको साथबाट ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

