
कञ्चनपुर । कञ्चनपुरमा रूखबाट स्याउला काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी ४८ वर्षीया किस्मती देवी नाथको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
घरनजिकै रहेको रूखबाट स्याउला काट्ने क्रममा रूखको हाँगा बिजुलीको तारमा खस्दा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

