संगिताको मृत्यु घटनामा छानबिन समिति बन्यो

cp new add
Nisharg hospital

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी संगिता बडुको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले टीकापुर अस्पतालका डाक्टर मनिष आचार्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा मन्त्रालयका कानुन अधिकृत र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि सदस्य छन्।

भीमदत्त नगरपालिका–१० सुकासालकी बडुको भदौ २६ गते उपचारका क्रममा मृत्यु भएको थियो। सर्पले टोकेको भन्दै भदौ ५ गते राति अस्पताल पुगेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि मृत्यु भएको थियो।

परिवारले चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै छानबिनको माग गर्दै आएको छ। परिवारले अहिलेसम्म शवसमेत बुझेको छैन।

अस्पतालका अध्यक्ष महेशप्रसाद पन्तले छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बताए। अस्पतालले भने उपचारमा कुनै कमी नगरेको दाबी गर्दै आएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...