दशरथचन्दका दुई विद्यालयलाई रास्वपा नेता एसपी भट्टको ३५ हजारको खेलकुद सामग्री सहयोग

cp new add
Nisharg hospital

बैतडी । बैतडीका दुई विद्यालयलाई करिब ३५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरिएको छ।

दशरथचन्द नगरपालिका–४ का युवा समाजसेवी एसपी भट्टले दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द माध्यमिक विद्यालय र वडा नं. ४ गढीस्थित दशरथचन्द आधारभूत विद्यालयलाई खेलकुद सामग्री वितरण गरेका हुन्।

भट्टका अनुसार दुवै विद्यालयका विद्यार्थीको खेलकुद गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीमा क्रिकेट बल, ब्याट, भलिबल, फुटबल, स्किपिङ सेट, क्यारम बोर्ड, चेस तथा ब्याडमिन्टनका सामग्री रहेका छन्।

दशरथचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र चन्दले विद्यालयमा खेलकुद सामग्रीको अभावका बीच प्राप्त सहयोगले विद्यार्थीलाई खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता समेत रहेका भट्टले धनगढी र बैतडीमा विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा सहभागिता जनाउँदै आएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...