स्रोत नखुलेको ३४ लाखसहित रेष्टुरेन्टबाट २ जना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।

उनीहरूलाई बुधबार राति प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...