मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण

cp new add
Nisharg hospital

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्री नियुक्त भएलगत्तै भारत भ्रमणको निम्तो दिएका थिए भने न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटमा भ्रमणको तयारी र द्विपक्षीय संयन्त्र सक्रिय बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा लामो समयदेखि विवादित सीमा समस्या र भैरहवा विमानस्थलका लागि भारतीय पक्षको अनुमति लगायतका विषयमा ठोस उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

ठ्याक्कै मिति तय नभए पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्री न्युयोर्कबाट फर्किएपछि भ्रमणको तयारी तीव्र बनाइने र नेपाल–भारतबीचका ४० भन्दा बढी द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाएर सहकार्य अघि बढाउने तयारी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...