बङ्गुर फार्ममा मानव कङ्काल फेला,दुई जना पक्राउ

cp new add
Nisharg hospital

झापाको मेचीनगर–७ भान्साखोलास्थित बङ्गुर फार्ममा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ। ललितपुरबाट बेपत्ता दिलनाथ बजगाईँको खोजीका क्रममा प्रहरीले उत्खनन गर्दा कङ्काल भेटिएको हो।

बजगाईँ २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता थिए। उनकी श्रीमती तुलसा बजगाईँले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बजगाईँसँगै उठबस गर्ने म्याग्दीका ४५ वर्षीय गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सिंहले देखाएको स्थानमा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गर्दा कङ्काल फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा बङ्गुर फार्म सञ्चालक सिंह र भारतको अलिपुरद्वारका ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरिएको छ।

फेला परेको कङ्काल बजगाईँकै हो वा अन्य व्यक्तिको भन्ने पुष्टि हुन बाँकी छ। कङ्काल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने डीएनए परीक्षणका लागि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...