एक हजार रुपैयाँको नयाँ नोट आजदेखि बजारमा

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित एक हजार रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार र रंगमा छ। नोटमा वैजनी रंगको घेराभित्र फिक्का हरियो रंग रहेको छ भने विभिन्न सुरक्षात्मक तथा पहिचानजन्य विशेषता थपिएका छन्।

नोटको अगाडिको भागमा सगरमाथा, लालीगुराँसको पानीछाप र त्यसको मुनि १००० अंकित पानीछाप राखिएको छ। सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत तथा तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...