दिल्लीबाट बिहार आउँदै गरेको बसमा आगलागी, ९ जनाको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौं । भारतको दिल्लीबाट बिहार आउँदै गरेको स्लिपर बसमा आगलागी हुँदा एक महिलासहित ९ जनाको मृत्यु भएको छ।

ग्रेटर नोएडाको यमुना एक्सप्रेस वेमा जेवर प्रहरी चौकी क्षेत्रअन्तर्गत ३३ किलोमिटरको माइलस्टोन नजिकै राति बसमा आगलागी भएको हो। आगलागीबाट बाँचेकी यात्रु रिंकी राजपूतका अनुसार उनी सुतिरहेको बेला ढोका ढकढक्याएपछि उठेकी थिइन्। त्यसबेला बस धुवाँले भरिएको र यात्रुहरूबीच भागदौड मच्चिएको उनले बताइन्।

उनका अनुसार धुवाँका कारण केही देख्न नसकिने अवस्था थियो भने धेरै यात्रु निसास्सिएका थिए। धक्का–मुक्काबीच केही यात्रु मात्र बाहिर निस्कन सफल भएका थिए। उनको पछाडि रहेका धेरै यात्रु बाहिर निस्कन नसकेको उनले बताएकी छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...