शारादा ब्यारेजमा पानीकाे बहाबले खतराकाे तह नाघ्याे, चार पाङ्ग्रे सवारी साधनमा राेक

cp new add
Nisharg hospital

धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा पानीकाे बहाबले खतराकाे तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा राेक लगाएकाे छ ।

पानीकाे सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा राेक लगाइएकाे प्रहरीले जनाएको छ  ।

पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन राेकिएका हुन् ।

बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ । साेही कारण महाकालीमा पानीकाे तह उच्च हुँदै गएकाे छ ।

निरन्तरकाे वर्षााका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छाेटाे तथा लामाे दूरीका सवारीसाधन सञ्चालनमा समेत राेक लगाइएकाे छ ।

माैसममा सुधार नआएपछि साेमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा राेक लगाइएकाे छ।

Navjeen New Ad
Loading...