अमरेश सिंहको दाबी- रवि लामिछाने र मेरो पछाडि सरकारले सुराकी खटाएको छ

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद अमरेशकुमार सिंहले बालेन सरकारले सभापति रवि लामिछाने र आफ्नो पछाडि सुराकी खटाएको दाबी गरेका छन् । प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा सांसद सिंहले हिजोका सरकारजस्तै अहिलेको सरकारले पनि जो बोल्छ उसको पछाडि सुराकी लगाइरहेको बताए ।

सांसद सिंहले भने-चाहे अमरेशकुमार सिंह होस्, चाहे रवि लामिछाने र प्रचण्ड जो बोल्छ उसको पछाडि सुराकी लगाइन्छ । राज्यको सुराकी संयन्त्र त कुनै अपराधिक गतिविधिको पछाडि हुनुपर्ने हो । मैले जहाँसम्म थाहा पाएको छु मेरो पछाडि सुराकी खटाइएको छ । मेरोमात्र होइन सभापति रवि लामिछानेको पछाडि पनि छ । किनभने तपाईँले देशको अपराध कन्ट्रोल गर्न सुराकी खटाउनुको साटो नेता नेताको घरको अगाडि सुराकी गर्न लगाएर पाउने के ? म राजनीतिज्ञ हुँ,मैले नेता नभेटेर कसलाई भेट्छु त ? चाहे सभापति रवि लामिछानेलाई भेट्छु,पार्टीका नेतालाई भेट्छु,या अरु पार्टीका नेतालाई भेट्छु ।

सांसद सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरामाथिको धरपकडबाट सरकारले विभिन्न क्षेत्रका नेता तथा व्यक्तिहरूलाई थ्रेट दिएको बताए । उनले यो सरकार असफल नहोस् भन्नेमा आफू चिन्तित रहेको तर सरकारले लिएका कदम सफलतातिर नगएको समेत बताए । उनले आफू पक्राउ पर्ने डरमा नरहेको भन्दै विगतमा पनि पटकपटक थुना र जेलमा परेको स्मरण गरे ।

अन्तर्वार्ताका क्रममा प्रस्तोत ऋषि लामिछानेले सोधेको सरकार रवि लामिछानेदेखि डा.अमरेश सिंहसम्मलाई निशाना बनाउन सक्छ वा पक्राउ गर्न सक्छ ? भन्ने प्रश्नमा अमरेशको जवाफ यस्तो छ- हामी तयार छौँ, हामी त्यसको लागि तयार छौँ । मलाई लाग्दैन,तर त्यस्तो गर्‍यो भने हामी तयार छौँ । हामी जुनसुकै परिस्थिति तयार छौँ । हामी देशको संविधान, लोकतन्त्रको रक्षाका लागि छौँ, हामी कुनै पनि हुकुमी शासनको सागिर्द (मतियार) बन्दैनौँ । हामी त्यसको ‘आइ विटनेस’ बन्दैनौँ,साक्षी किनारामा बस्नका लागि जनताबाट निर्वाचित भएर आएका होइनौँ ।

सांसद सिंहले संविधानमाथि छेडखानी भइरहेको भन्दै यो संविधान चलाइए देश दुर्घटनामा जाने बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...