
धनगढी । कञ्चनपुरमा ३० वर्षदेखि बेपत्ता एक महिलालाई जिल्ला अदालतले मृत्युको न्यायिक घोषणा गरेको छ । ४ जेठ २०५२ देखि बेपत्ता कृष्णपुर नगरपालिका–६ को मौरीफाँटाकी तारादेवी कठायतलाई अदालतले मृत्युको न्यायिक घोषणा गरेको हो ।
जिल्ला अदालतका न्यायाधिश सूर्यप्रसाद भण्डारीको एकल इजलाशले कठायतको मृत्युको न्यायिक घोषणा गर्दै निवेदकलाई निमयानुसार प्रमाणपत्र दिन आदेश दिएको हो । मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै अर्जुनबहादुर कठायतले निवेदन दिएका थिए ।
हेर्नुहोस् अदालतको आदेशको पूर्ण पाठ

