ओलीको हस्तक्षेपप्रति असन्तुष्ट लेखराज भट्ट, एमाले छाड्ने मनस्थितिमा?

cp new add
Nisharg hospital

नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट देखिएका छन्। विशेषगरी सुदूरपश्चिमका राजनीतिक तथा प्रशासनिक विषयमा केन्द्रबाट हुने हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीमै बसिरहनुको औचित्यमाथि प्रश्न उठाउन थालेका छन्।

भट्टनिकट नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेशका नियुक्ति, पार्टी जिम्मेवारी र राजनीतिक निर्णयमा केन्द्रको हस्तक्षेप बढेको भन्दै उनी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन्। आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र हमालको विषयमा समेत केन्द्रबाट प्रदेश नेतृत्वमाथि हस्तक्षेप भएको उनको गुनासो छ।

यसअघि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्तिमा पनि केन्द्रबाट पर्याप्त समन्वय नभएको भट्ट पक्षको गुनासो थियो।

पछिल्लो समय भट्टले उपाध्यक्ष पीएस गुरुङ, महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाललगायत नेताहरूसँग आफ्नो असन्तुष्टि राखेका छन्। ओलीका स्वकीय सचिव निरु पालसँग पनि उनले पार्टीभित्रको अवस्थाबारे कुराकानी गरेको स्रोतको दाबी छ।

भट्टको असन्तुष्टि गम्भीर बनेपछि ढकालले ओलीसँग भेटेर उनीसँग संवाद बढाउन आग्रह गरेको बताइएको छ। त्यसपछि ढकालकै फोनबाट ओली र भट्टबीच करिब १५ मिनेट कुराकानी भएको स्रोतको भनाइ छ। ओलीले असमझदारीबारे प्रस्ट पार्न खोजे पनि संवादपछि भट्ट उत्साही नदेखिएको उनीनिकट स्रोत बताउँछ।

भट्टले आफू तत्काल एमाले छाड्ने निर्णयमा नपुगेको तर त्यसबारे छलफल भइरहेको स्वीकार गरेका छन्। ‘केही नेताहरूसँग कुरा भइरहेको छ। केही दिनमै यस विषयमा टुंगो लाग्छ,’ उनले भनेका छन्।

उनले पार्टी जोगाउन आफूले खेलेको भूमिकाको उचित मूल्यांकन नभएको र पटक–पटक अपमानित भएको महसुस भएको गुनासोसमेत गरेका छन्।

नेपाल प्रेसबाट साभार

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...