
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर–८ मा रहेको कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे ६ बजेतिर सुरु भएको आगो दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले बताए ।
आगलागीबाट कपाली टोलमा रहेको बिके सप्लायर्स नामको कवाडी गोदाममा करिब ३० लाख बराबरको क्षति भएको आकलन गरिएको छ । सो सप्लायर्ससँगै जोडिएको दिनेश मचामसीको घरको ट्रस्टको संरचना पनि जलेको छ ।
सो संरचना जल्दा करिब २० लाख क्षति भएको आलकन गरिएको डीएसपी कार्कीले बताए । उनले भने, ‘यसमा कुल ५० लाख क्षति भएको आकलन गरिएको छ ।’
बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

