धनगढीमा चट्याङ लागेर ७ जना घाइते, जन्मदिन मनाइरहेका थिए

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करीब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...