
कैलाली । चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएका एक फरार प्रतिवादी कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय बिनित बढु पक्राउ परेका हुन्।
बढुलाई चोरी मुद्दामा लागत नम्बर ८५–०८०–००९८९ अन्तर्गत १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई पक्राउ गरी आवश्यक कागजातसहित कैलाली जिल्ला अदालत धनगढीमा दाखिला गरेको जनाएको छ।

