धनगढीमा नमस्ते युवा क्लबको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

cp new add
Nisharg hospital

धनगढी । नमस्ते युवा क्लब धनगढी–४ को आयोजनामा नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा खुला पुरुष भलिबल प्रतियोगिता–२०८३ हुने भएको छ।

‘खेलाडीको सम्मान, खेलकुदको उत्थान’ भन्ने मूल नाराका साथ प्रतियोगिता असोज २९ गतेदेखि ३१ गतेसम्म धनगढी उपमहानगरपालिका–४ स्थित शिवगौरी धाम प्राङ्गण (भगवती टोल) मा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले २२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यस्तै, उत्कृष्ट खेलाडीलाई २ हजार १०० रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर र उदयमान खेलाडीलाई जनही १ हजार १०० रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ बापत ५०० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले ४ हजार ५०० रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। प्रत्येक टोलीमा ९ जना खेलाडी, १ जना कोच र १ जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ।

टिम दर्ताको अन्तिम मिति असोज २५ गते बेलुका ५ बजेसम्म तोकिएको छ।

प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी, संघ–संस्था, क्लब तथा सञ्चारमाध्यमलाई सहयोग र सहभागिताका लागि नमस्ते युवा क्लबले अनुरोध गरेको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि क्लबका अध्यक्ष विशेश्वर प्रसाद भट्ट, खेल संयोजक तप राज भट्ट र सचिव शिव राज भट्टसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...