
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
न्याय परिषद् सचिवालय स्रोतका अनुसार उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् । बाँकी तीनै जना उच्च अदालतका न्यायाधीश हुन् ।

