रामेछापमा कमेरो माटो निकाल्दा ढिस्को खस्दा पुरिएर १ जनाको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौं । रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । लिखुतामाकोशी गाउँपालिका –०४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको सोमबार १२ बजे ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनी कमेरो माटो लिन जान्छु भनी घरबाट निस्किएका थिए । दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि उनको खोजी कार्य सुरु गरिएको थियो ।

खोजीका क्रममा आज दिउँसो १२:३० बजे घरदेखि करिब १.५ किलोमिटर उत्तरमा कमेरो माटो निकाल्ने स्थानमा माटोको ढिस्को खसेको स्थानमा ढिस्को पन्छाउने क्रममा महतको शव फेला परेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...