
डोटी । डोटीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ।
जोरायल गाउँपालिका–६ बसौटीका भुपेन्द्र साउँदको घर नजिकै रहेको विद्युत्को पोलमा बुधबार चट्याङ परेको थियो। चट्याङ पर्दा घरआँगनमा खेलिरहेकी उनकी ७ वर्षीया छोरी रञ्जना साउँद घाइते भएकी थिइन्।
चट्याङ लागेर घाइते रञ्जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

