धनगढीमा भन्सार छलीको टेन्ट र कुखुरा बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाटबाट प्रहरीले भन्सार छली भारतबाट ल्याइएको टेन्टका पर्दालगायत सामान बरामद गरेको छ।

स्थानीय ४५ वर्षीय एक स्थानियले भारतबाट भन्सार छली ल्याई घरमा लुकाएर राखेको अवस्थामा करिब २ लाख ७० हजार रुपैयाँ बराबरको टेन्टका पर्दालगायत सामान बुधबार राति प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी सामानसहित ढुंगानालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट भन्सार छली भारतबाट ल्याइएको करिब २२ हजार रुपैयाँ बराबरको बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले बुधबार कुखुरा फेला पारेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...