
धनगढी । कैलालीको धनगढीस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ११ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित तड्का रेस्टुरेन्टमा बिहीबार बेलुकी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले रेस्टुरेन्ट सञ्चालकसमेत रहेका अछामको साँफेबगर नगरपालिका–३ घर भई हाल उत्तरबेहडी बस्दै आएका २३ वर्षीय सुरेश कुँवरसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद २६ हजार ८५० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

