कञ्चनपुरमा खैरो हेरोइनसहित युवक समातिए, अछामका प्रताप पनि पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगदसहित १९ वर्षीय युवक पक्राउ परेका छन् । अछाममा पनि चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह बस्ने १९ वर्षीय यालिस भण्डारीलाई १३ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ३१ हजार ५०० रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको जनाएको छ ।

यस्तै, अछामको साँफेबगर नगरपालिका–४ जनकल्याण टोलमा बस्ने, सोही नगरपालिका–१० बाब्ला घर भएका ५३ वर्षीय प्रताप बटाला पनि पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनको कोठा तलासी गर्दा २५ ग्राम २८० मिलिग्राम चरेस जस्तो देखिने पदार्थ फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...