धनगढीमा २६ लाखभन्दा बढीको भन्सार छलीको सामानसहित भारतीय मिनी ट्रक नियन्त्रणमा

cp new add
Nisharg hospital

धनगढी । कैलालीको धनगढीबाट भन्सार छली गरी भारतबाट ल्याइएका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामानसहित भारतीय मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट शुक्रबार राति प्रहरीले शंकाका आधारमा चेकजाँच गर्दा भन्सार छली गरी ल्याइएका मोबाइल डिस्प्ले र विभिन्न किसिमका तरकारी फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सामान ओसारपसारमा प्रयोग भएको भारतीय नम्बर प्लेटको यूपी २३ टी ८६७५ नम्बरको मिनी ट्रकसहित चालक भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खानलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले बरामद सामान, मिनी ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...