care tekar

१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

sanjiwan
Nisharg

जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको हो।

maya metro
nagrik
Gyan Hotel
Nav

आइतबार राति करिब २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पार्किङ गरी राखिएको बा.१४ च २२५५ नम्बरको बोलेरो गाडी जाँच गर्दा २९ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्।

HAMRO DAIRY

त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले १०० किलो गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको छ।

आइतबार राति करिब १०ः२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

दुवै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार ४० किलो ४४० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ भने बोलेरो गाडीसहित गाँजा बरामद भएको घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...