care tekar

आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

cp new add
Nisharg hospital
dhanga
Rubic

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ।

sanjiwan
Nisharg

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि राजमार्ग बन्द गर्न लागिएको जानकारी दिएकी छन्।

maya metro
nagrik
Gyan Hotel
Nav

गत असोज २३ गते सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि सडक खुलाइए पनि थप मर्मतसम्भार गर्नुपर्ने भएकाले पुनः रातिको समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो।

HAMRO DAIRY

दसैँको मुखमा राजमार्ग बन्द हुँदा यात्रु र यातायात व्यवसायीलाई समस्या पर्ने देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती थपिएको बताए।

“दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने।

दसैँ मनाउन असोज १७ देखि २५ गतेसम्म काठमाडौँको नयाँ बसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्। नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार उक्त अवधिमा नयाँ बसपार्कबाट मात्रै सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...