


सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।


जिल्लाको कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकैको भित्री सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ४५ वर्षीया कौसिला यादवको मृत्यु भएको हो ।




प्रहरीका अनुसार असोज २६ गते दिउँसो करिब १ः५५ बजे को २७ प २८५५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी यादवलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी यादवलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा दिउँसो ३ः१० बजे बाटोमै मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ निवासी अन्दाजी २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


