care tekar

ट्रक दुर्घटना हुुँदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उक्त दुर्घटनामा सहचालक प्रदीप विक घाइते भएका प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel

डुम्रेबाट दमौलीका लागि सिमेन्ट बोकेर छुटेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

HAMRO DAIRY

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...