care tekar

टिकटकमा धम्कीपूर्ण भिडियो हाल्ने एक जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

sanjiwan
Nisharg
Nav

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी २१ वर्षका कालेु भनिने पशुपति पासवान छन्।

maya metro
nagrik
Gyan Hotel

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई सोमबार बिहान आफ्नै घरठेगानाबाट नियन्त्रणमा लिइएको हो। टिकटकमा हिंसात्मक तथा धम्कीपूर्ण भिडियो सम्प्रेषण गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

HAMRO DAIRY

पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...