care tekar

बुढीगण्डकीले बगाएको आरुघाटमा बेलिब्रिज जोड्ने तयारी, निर्माण सामग्री आउन थाले

cp new add
Nisharg hospital
dhanga
Rubic

आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज राख्ने तयारी थालिएको छ । पुल बगेर अवरुद्ध बनेको सडक सम्पर्क पुनः सञ्चालन गर्न आवश्यक निर्माण सामग्री आउन थालेको हो ।

sanjiwan
Nisharg

सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याइएका बेलिब्रिजका सामग्री गोरखा बजार आइसकेको छ । सडक योजना गोरखाका प्रमुख विनोद पुनका अनुसार आज पाँच वटा ट्रकमा सामग्री आइपुगेको र बाँकी सामग्री भोलिसम्म आइपुग्नेछ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

‘सामानहरू आइपुग्न थालेका छन् । बाँकी सामान पनि भोलिसम्म आइपुग्छ,’ उनले भने, ‘अहिले हामी साइटमा जडानको पूर्वतयारीमा जुटेका छौँ ।’

HAMRO DAIRY

पुनका अनुसार बाढीले क्षति पुर्‍याएको पुलको ठाउँमा करिब २२ मिटर लामो बेलिब्रिज राखिने छ । भत्किएको संरचनाको केही भाग हटाउनुपर्ने भएकाले जडान सम्पन्न भई सवारी सञ्चालन हुन कम्तीमा एक साता लाग्ने उनले बताए । ‘त्यहाँ भत्किएको भागलाई केही हटाउनुपर्ने हुन्छ,’ अघि भने, ‘त्यसपछि मात्रै नयाँ पार्ट जोड्न मिल्छ । सबै काम सक्न कम्तीमा एक हप्ताजति लाग्छ ।’

आइतबार बिहान बुढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने तीन स्पानमध्ये एउटा स्पान बगाएपछि यस क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प बनेको छ । पुल बगेलगत्तै नेपाली सेनाको रुद्रध्वजगणको टोलीले स्थलगत निरीक्षण गरेको थियो । अहिले नेपाली सेना र सडक डिभिजनको समन्वयमा लेदो पन्छाउने र पुल निर्माणको तयारी भइरहेको छ ।

तत्कालका लागि आरुघाटको पुललाई प्राथमिकतामा राखेर काम थालिएको सडक योजना गोरखाले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...