byd
care tekar

साढे १३ लाख खर्चेर हेलिकप्टर चार्टर गरी महेन्द्रनगर पुगेका भट्ट रातारात भाइरल

cp new add
Nisharg hospital
dhanga
Rubic

महेन्द्रनगर । कञ्चनपुरका भक्तराज भट्ट साढे १३ लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गरी काठमाडौंबाट महेन्द्रनगर पुगेका छन्।

sanjiwan
Nisharg

दसैँ मनाउन र बिरामी आमालाई भेट्न घर फर्किएका भट्ट हेलिकप्टरमा महेन्द्रनगर पुगेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

भीमदत्त नगरपालिका–६ का भट्ट मंगलबार सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर महेन्द्रनगर पुगेका हुन्। एक दशकदेखि बेलायतमा बस्दै आएका उनी दसैँ मनाउन र आमालाई भेट्न नेपाल फर्किएका थिए।

HAMRO DAIRY

दसैँका बेला हवाई यात्रुको चाप बढेपछि काठमाडौंबाट धनगढी आउने नियमित उडानको टिकट नपाउँदा उनले हेलिकप्टर चार्टर गर्नुपरेको पारिवारिक स्रोतले जनाएको छ। आमाको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी जतिसक्दो छिटो घर पुग्न चाहन्थे।

नियमित उडानको टिकट नपाएपछि उनले महँगो खर्चमा हेलिकप्टर चार्टर गर्ने निर्णय गरेका थिए। सिम्रिक एयरको हेलिकप्टरमा भट्टसहित चार जना महेन्द्रनगर पुगेका थिए। काठमाडौंदेखि महेन्द्रनगरसम्म हेलिकप्टर चार्टर गर्दा साढे १३ लाख रुपैयाँ खर्च भएको बताइएको छ।

हेलिकप्टरबाट महेन्द्रनगर पुगेका भट्टलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए। उनको आगमन र स्वागतका क्रममा खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...