


धनगढी । कैलालीको भजनीमा तस्करी गरेर ल्याइरहेको साढे २ लाखको झिलीमिली बत्ती बरामद गरिएको छ ।



इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक समुद्र केशर पन्तको कमान्डमा खटिएको टोलीले भजनी नगरपालिका–५ को हलौनाघाटबाट दुई लाख ६० हजार बराबरका बत्ती बरामद गरेको हो ।




बरामद गरिएका एक सय ३० बन्डल झिलीमिली बत्ती आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।






