


डडेल्धुरा । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (युवा, सुदूरपश्चिम भूगोल) पदमा इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन्।



सम्पन्न मतगणनाअनुसार भट्टले ३ हजार ५२९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन्। उक्त प्रतिस्पर्धामा परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशी भने पराजित भएका छन्। जोशीले ७४० मत प्राप्त गरे।




त्यस्तै, योगेन्द्र रावलले ८९८, सन्तोष खड्काले ८१८ र धिरज शाहीले ६६० मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ६ हजार ८७३ मत खसेको थियो।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम भूगोलअन्तर्गत युवा क्लस्टरमा उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।






