press
po

सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।

sanjiwan
Nisharg
Nav

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५, सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि छुरा प्रहार भएको हो । घटनामा घाइते बाबुलालको घाँटीमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

HAMRO DAIRY

घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । छुरा प्रहार गरेपछि फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...