press
po

एनटी फाइबरमा ग्राहकको आकर्षण, टेलिकमद्वारा अनलाइन व्यवस्था

cp new add
Nisharg hospital
dhanga
Rubic

एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेपछि नेपाल टेलिकमले अनलाइनबाटै सेवा जडानका लागि विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

sanjiwan
Nisharg
Nav

फाइबर टु द होम (एफटीटीएच)प्रविधिमा आधारित यो सेवाको नयाँ जडानका लागि सम्पर्क गर्ने ग्राहकको सङ्ख्या बढेपछि कम्पनीले अनलाइनबाटै सेवा जडानका लागि आवश्यक विवरण उपलब्ध गराउने र गुनासोसमेत दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

टेलिकमले सेवा जडान गर्ने नम्बरमा ग्राहकको चाप बढेपछि सम्पर्क नम्बरको क्षमतासमेत विस्तार गरेको छ । टेलिकमका अनुसार एनटी फाइबरसम्बन्धी जानकारी लिन तथा नयाँ लाइन जडानका लागि अनुरोध गर्न अब १९८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

HAMRO DAIRY

ग्राहकले फोनमार्फत आफूलाई पायक पर्ने स्थानमा नयाँ फाइबर लाइन जडानका लागि अनुरोध गर्न सक्नेछन् । टेलिकमले हालसालै ४९९९ मा ३० एमबीपीएसको प्याकेज ल्याएको छ । त्यसैगरी, अन्य विभिन्न प्याकेजसमेत उपलब्ध छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...