press
po

उपचार अभावमा ओछ्यानमै थला परे देउडा गायक जयराज भट्ट, जीवनरक्षाका लागि सहयोगको अपिल

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

धनगढी । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र देउडा गीतमार्फत देश–विदेशमा पहिचान बनाएका गायक जयराज भट्ट (जेआर) उपचार अभावमा ओछ्यानमै थला परेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बिजुल घर भएका भट्ट आठ महिनाअघि चितवनमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । दुर्घटनामा शरीरको तल्लो भागमा गम्भीर चोट लागेपछि उनी अहिले आफैँ उठ्न, बस्न र हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् ।

उपचारमा हालसम्म १४ लाख रुपैयाँ खर्च भइसकेको र पारिवारिक आर्थिक अवस्था कमजोर बनेपछि थप उपचार गराउन समस्या भएको उनले बताएका छन् । नियमित औषधि र उपचारको खर्च जुटाउन नसक्दा उनी लामो समयदेखि ओछ्यानमै थला परेका छन् ।

राज्यका निकायबाट समेत अपेक्षित सहयोग नपाएपछि अहिले सामाजिक सञ्जालमार्फत उनको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन भइरहेको छ । भट्टले स्वदेश तथा विदेशमा रहेका नेपालीसँग आफ्नो जीवनरक्षाका लागि सक्दो सहयोग गरिदिन अपिल गरेका छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...