press
po

सुदूरपश्चिममा मन्त्री र मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभामा कांग्रेस र राप्रपाको नाराबाजी

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । सुदूरपश्चिममा मन्त्री र मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नाराबाजी गरेका छन् । शनिबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा कांग्रेस र राप्रपाका प्रदेश सभा सदस्यहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

sanjiwan
Nisharg

प्रतिपक्षी दलको अवरोध र नाराबाजीबीच सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक आधा घण्टा बस्ने गरि स्थगीत गरेका थिए । तर स्थगीत बैठक अहिलेसम्म बस्न सकेको छैन् ।
चालु आर्थिक वर्षको बजेटमा बेथिति भएको सरकारका जिम्मेवार पदाधिकारीले नै स्वीकार गरिसकेको भन्दै कांग्रेसले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रदेशसभा बैठक सुरु भएलगत्तै कांग्रेस प्रदेशसभा सदस्य विक्रमसिंह धामीले बजेटमा बेथिति भएको कुरा सरकार, अर्थमन्त्री र सभामुखले समेत स्वीकार गरिसकेको दाबी गरे । यस्तो अवस्थामा मुख्यमन्त्री र मन्त्रीहरूले नैतिक जिम्मेवारी लिएर तत्काल पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

HAMRO DAIRY

धामीले बोलेपछि कांग्रेसका प्रदेशसभा सदस्यहरूले बैठकमा नाराबाजी गर्दै सरकारको राजीनामा माग गरेका थिए । प्रतिपक्षी दलको अवरोधपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

यसअघि बजेटमा देखिएका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भए पनि त्यसले अझै पूर्णता पाउन सकेको छैन । गत असोज २७ गते बजेट पारित गर्ने क्रममा सभामुख भीमबहादुर भण्डारीले दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गरेका थिए ।

उक्त समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । तर, निर्धारित समयसीमा सकिँदासमेत दलहरूबीच सहमति जुट्न नसक्दा समिति गठन हुन सकेको छैन ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...