


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको छ ।



नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकलमा सवार प्रहरी जवान लोकेश भण्डारीलाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।





२४ वर्षीय डडेलधुराको अजयमेरु–१ निवासी रहेको बताइएको छ । उनी प्रहरी पहरा गण सामाखुसी काठमाडौंमा दरबन्दी भई मन्त्री क्वार्टर भैंसेपाटीमा कार्यरत थिए । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएकामा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनाका विषय थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले जानकारी दिए ।






