press
po

७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ ।

sanjiwan
Nisharg

आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याउँदै गरेको मोबाइल सामग्री नियन्त्रणमा लिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार यूपी ५५ एएन ०८३० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको १ हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान कर्भ्ड ग्लास विथ ग्लु, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानल, ६ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री बरामद गरिएको हो ।

HAMRO DAIRY

बरामद सामग्रीको अनुमानित मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ रहेको छ । यस्तै, सामान ओसार्न प्रयोग गरिएको मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रहरीले मोटरसाइकलसहित बरामद सामग्रीको कुल मूल्य ७ लाख १२ हजार ६७० रुपैयाँ रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...