

धनगढी । कैलालीको धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित नयाँराम होटल नजिकबाट चितुवाको छाला एक थानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट चितुवाको छाला फेला पारेको थियो ।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीता देवी चौधरी रहेका छन् ।

