मोहना घाटमा छठको तयारी सुरु

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । तिहारको रौनक सकिएसँगै कैलालीको मोहना नदीघाटमा छठपर्वको तयारी सुरु गरिँदै छ । हरेक वर्ष जस्तै धुमधामसँग छठपर्वको पूजाका लागि मोहना नदीघाटमा तयारी थालिएको हो ।

छठ पूजा सेवा समितिका अनुसार पूजाका लागि घाटमा तयारीको काम धमाधम भइरहेको छ । घाट क्षेत्रमा सरसफाइ, सजावटका साथै पूजास्थल व्यवस्थापनको कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष मोहनाघाट अराधनास्थलमा भजन तथा रात्रिकालीन जागरण कार्यक्रमका साथै झाँकी, नृत्य गरिने छ । यसै गरी आइतबार विशेष कार्यक्रमको आयोजना गरिने छ । छठ पूजास्थलमा डान्डिया नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष मण्डलले बताउनुभयो ।

मधेश प्रदेशसहित मुलुकका विभिन्न जिल्लामा धुमधामसँग मनाइने छठपर्वलाई कैलालीमा बस्दै आएका मैथिली समुदायले पनि हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् । यहाँ अन्य समुदायका मानिस पनि छठ पूजामा सहभागी हुने गरेको अध्यक्ष मण्डलको भनाइ छ ।

छठपर्व पूजा तथा कार्यक्रमका लागि करिब २२ लाख रुपियाँ खर्च हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका लागि छठ पूजा समिति आबद्ध सदस्यहरूसहित इच्छुक व्यवसायीबाट खर्चको जोहो गर्ने गरेको जनाइएको छ । सूर्यको उपासना गरेर छठपर्व मनाउने गरिन्छ । यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गरेको अध्यक्ष मण्डलले बताउनुभयो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...