

कैलाली । कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट भित्र्याइएका करिब ७२ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा सोमबार खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका चिनी, बिस्कुट, सुर्ती, बालबालिकाका कपडा, माछालगायतका सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य ७१ हजार ९ सय ७० रुपैयाँ रहेको छ ।
बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

