

कैलाली । लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका कैलालीका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँका ३३ वर्षीय सुरज पुन मगर रहेका छन् ।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

