कैलाली–१ को प्रदेशसभाका दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी

cp new add
Nisharg hospital

८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ का प्रदेशसभातर्फका दुवै सिटमा नागरिक उन्मुक्ति पार्टीेका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा उन्मुक्ति पार्टीका कैलाश चौधरी र प्रदेशसभा (२) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् ।

Telecome

प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित विजयी भएका कैलाश चौधरीले प्रतिद्धन्द्धी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई चार हजार ७२४ मतान्तरले पराजीत गरेका हुन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार विनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बम चार हजार ६० मतसहित तेस्रो भए भने जनता समाजवादी पार्टीकाख भगतराम थारु दुई हजार २७८ र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णपुर चौधरीले ९१७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुँदा प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा.रणबहादुर रावलले आठ हजार ५३ मत पाएका छन् भने नेकपा एमालेका द्धारिका न्यौपानेले पाँच हजार ३२० मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर थापाले एक हजार ३३८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना जारी भएका बेला उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको जित पनि निश्चित भएको छ । कुल ६४ हजार १६४ मत खसेकोमा ५८ हजार ६२३ को गणना सकिदा श्रेष्ठ २७ हजार ६३८ मतसहित जित उन्मुख छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १६ हजार ५४६ र एमालेका तपेन्द्र रावलले पाँच हजार ४३२ मत पाएका छन्

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...