

८ मंसिर, धनगढी । नेकपा एमाले सुदूूरपश्चिमका अध्यक्ष तथा पूर्व राज्यमन्त्री दामोदर भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँरलाई पराजित गर्दै भण्डारीले विजयी भएका हुन् ।
३३ हजार ६११ मतसहित भण्डारी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी कुँवरले ३२ हजार ८० मत पाएका छन् । उनले कुँवरलाई १ हजार ५३१ मतले पराजीत गरे ।
यो सँगै भण्डारीलाई बैतडीका मतदाताले लगातार तेश्रो पटक अनुमोदन गरेका छन् ।
यसअघि भण्डारी २०७० सालको दोश्रो संविधानसभा निर्वाचन र २०७४ सालको निर्वाचनमा विजय भएका थिए ।

