

९ मंसिर, धनगढी। कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् ।
उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बिना मगर निर्वाचित भएकी थिइन् । मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन् ।

