press
po

नेप्सेमा दोहोरो अंकले गिरावट, कारोबार रकम पनि घट्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

१२ मंसिर, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ ।

sanjiwan
Nisharg

आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्प्रेड दरमा कडाइ गर्ने बताएको छ । जसले बैंकहरुको नाफा प्रभावित बन्ने देखिन्छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको वित्तीय क्षेत्रको नाफा प्रभावित बन्ने नीतिगत व्यवस्थाले गर्दा सोमबार सेयर बजार पनि केही प्रभावित बन्न पुगेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

अर्कोतर्फ स्रोत अभाव र लागत उच्च हुँदा घाटमा गएको बताइरहेको लघुवित्तहरुको समस्या सम्बोधन हुने नीति आउने अपेक्षा लघुवित्तका लगानीकर्तामा रहेपनि त्यसको सम्बोधन नहुँदा आइतबार सर्वाधिक बढेको लघुवित्त उपसूचकले पनि सोमबार साथ नदिंदा नेप्से घटेको हो । सोमबार नेप्सेमा म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको छ भने वित्त कम्पनीको उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।

HAMRO DAIRY

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको छ । सोमबार नेप्सेमा ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ४६ लाख ४३ हजारको कारोबार हुँदा नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार र शिवम् सिमेन्टको ६ करोड १६ लाख ६३ हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १९४ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ३६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशतले वृद्धि हुँदा गरिमा डिवेञ्चर २०८५ को मूल्य ६.११ प्रतिशत र नेपाल ल्युब आयलको सेयरमूल्य ६.०९ प्रतिशतले वृद्धि भएको छ ।

यता सिनर्जी पावरको सेयरमूल्य ४.५६ प्रतिशतले गिरावट हुँदा ओरीयन्टल होटेलको सेयरमूल्य ४.३१ प्रतिशत तथा जानकी फाइनान्सको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...