१३ मंसिर, बैतडी । मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचन अन्तर्गत बैतडीमा ६ प्रतिशत बढी मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको छ । बदर मतको संख्या खसेको मतको ६.४० प्रतिशत रहेको छ ।
यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएको छ । बदर मतको संख्या खसेको मतको ६.९७ प्रतिशत छ । प्रदेशसभा समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएको छ । बदर मतको संख्या खसेको मतको ६.५२ प्रतिशत रहेको सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए ।
प्रतिनिधिसभाको तुलानामा प्रदेशसभा प्रत्यक्षतर्फ भने कम मत बदर भएको छ । प्रदेशसभा १ मा प्रत्यक्षतर्फ ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भएको छ ।
बदर मतको संख्या खसेको मतको ५ प्रतिशत रहेको छ ।प्रदेशसभा २ मा प्रत्यक्षतर्फ ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएको छ । बदर मतको संख्या ४.८८ प्रतिशत रहेको छ ।