कैलालीमा लाइभ गरेको भन्दै कुटिए टीकटक स्टार जेआर, एक जना पक्राउ

Nisharg hospital
krishi add
swostik

१५ साउन, धनगढी । कैलालीको अत्तरियामा शनिबार राति भएको ट्याङकर दुर्घटनाको फेसबुकबाट लाइभ प्रसारण गरेको भन्दै टीकटक स्टार जेआर भट्टमाथि कुटपिट गरिएको छ ।
गोदावरी नगरपालिकाको अत्तरिया बसपार्क क्षेत्रमा बस्दै आएका जनकराज (जेआर) भट्ट स्वयंयमले आइतबार बिहान १० बजे आफूमाथि कुटपिट भएको बताएका छन् । ‘जिन्दगीमा कहिल्यै नसोचेको घटना घट्यो’, कुटपिटपछि फेसबुकमा लाइभ गरेका भट्टले रुदै भने, ‘अत्तरियामा ट्याङकर दुर्घटनाको लाइभ गरेको विषयलाई लिएर म माथि कुटपिट भएको हो । हिरो बन्न खोज्छस् ? भनेर ४÷५ डडेल्धुराका र गुरुङहरुले मिलेर बिहान १० बजेतिर मलाई कुटे । अहिले म धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत छु ।’
आफूमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन पनि दिएका छन् । जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट देउडा कलाकार पनि हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीले भने भट्टमाथि कुटपिट गरेको आरोपमा स्थानीय
रोहित साउदलाई पक्राउ गरिएको जनाएको छ । शनिबार राति अत्तरियामा ट्याङकर दुर्घटना भएकै बेला फेसबुकमा लाइभ गर्ने क्रममा भट्टमाथि कुटपिट गरिएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...